कला
रहेनन् सारुक ताम्राकारका बुवा सानु ताम्राकार

नवपथ संवाददाता
काठमाडौं, भदौ ९

अभिनेता सानु ताम्राकारको निधन भएको छ।
किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए।
केही समयअघि छोरा सारुक गुमाएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो।
घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई एक महिना अघि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो।
उनको शनिबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए।
थुप्रै चलचित्रमा काम गरिसकेका ताम्राकारको शास्त्रीय नृत्यमा पनि रुचि थियो।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०