कला
जात र धर्म भन्दा माथि

चन्द्रकुबेर खापुङ
भदौ १६

नेपाली गौरव जोगाउनलाई
नेपाली शिर न झुकाउनलाई
निरन्तर अघि बढ्नु छ
शिखरसम्म चढ्नु छ।
हातमा हात मिलाएर
काँधमा काँध मिलाएर
कदममा कदम मिलाएर
फाटेको मन सिलाएर।
जात र धर्म भन्दामाथि
बनाई अझ चौडा छाती
खाँदैमा ठक्कर एकचोटि
नमारौं साहस कोटी-कोटी
हिमालले हामीलाई सिकाएको
अटल र धैर्य बनाएको
वीरताले हामीलाई चिनाएको
साहसी नेपाली भनाएको
एक भै हामी जुट्नुपर्छ
मनमुटाव त्यागी उठ्नुपर्छ
विकासको मुल फुटाउनु छ
देशको शिर उठाउनु छ।
लेखक नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हुन्।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०