कला

गदर-२ फिल्मले कमायो पाँच सय करोड बढी

सन्नी दिओल र अमिषा पटेल स्टारर फिल्म गदर-२ ले बक्स अफिसमा ५०० करोडको आँकडा पार गरेको छ।

योसँगै यो घरेलु बक्स अफिसमा ५०० करोड वा सोभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ।

फिल्म रिलिज भएको दिन करिब ८.५० करोड कमाएको थियो।

फिल्मले पहिलो हप्तामा २८४.६३ करोड, दोस्रो हप्तामा १३४.४७ करोड र तेस्रो हप्तामा ६३.३५ करोड कमाएको थियो। रिलिजको चौथो शनिबारसम्म यसले ४९३.३७ करोड रुपैयाँ कमाएको थियो।

आइतबारको कलेक्सनको नतिजाअनुसार फिल्मले करिब आठ करोड ५० लाखको कमाइ गर्दै ५ सय करोडको कमाइ गरेको छ।

फिल्म 'गदर; ‘एक प्रेम कथा’ हो। यो कथा सन् १९४७ को भारत–पाकिस्तान विभाजनमा आधारित थियो।

'गदर-२' को कथा सन् १९७१ को युद्ध सुरू हुनुअघिको हो। ‘एक प्रेम कथा’ पनि निकै हिट भएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, असोज ६
नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)
चन्द्रकुबेर खापुङ
भदौ १६