कला

लोकगायक सन्तोष योञ्जनको पूर्वेली गीत ‘माछीमा काँडे नि हौ खुकुरी’

लोकगायक सन्तोष योञ्जनको नयाँ लोकगीत सार्वजनिक भएको छ। उनको 'माछीमा काँडे नि हौ खुकुरी' गीतको अडियो सार्वजनिक भएको हो।

हाक्पारे झ्याउरे भाकाको उक्त पूर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने चलन छ।

तेह्रथुम तथा अरुण उपत्यकामा रहेका प्रख्यात तुक्काहरूलाई जोडेर हराउँदै गएको यो भाकालाई संरक्षणका लागि रेकर्डिङ गरिएको हो।

पछिल्लो समय पूर्वेली लोकभाका तथा साहित्य संकलन तथा संरक्षणमा काम गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप नयाँ भाका बजारमा ल्याएको योञ्जनले बताए।

उक्त गीतमा संकलक लोकगायक योञ्जन आफैं छन्। गीतको स्रोत व्यक्ति दधिराम श्रेष्ठ हुन्।

गीतको एरेन्ट रूद्र श्रेष्ठले गरेका छन्। पूर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्डिङ गरिएको उक्त गीतमा दीपेन्द्र राई, अपेक्षा तामाङलगायतको कोरस रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, असोज ६
नवपथ संवाददाता
काठमाडौं, भदौ १८ (एजेन्सी)
चन्द्रकुबेर खापुङ
भदौ १६