कला

सिम्रन र राजनको ‘पारि ठूली भीर’ सार्वजनिक

लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारि ठूली भीर’सार्वजनिक भएको छ।

गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन्। गीतमा राजन कार्कीको संगीत छ। नेपालीपनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीबीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ।

सन्जय राईको छायांकन, अमृत चापागाईंको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।

मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ।

सुन्दरको यसअगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम, दसैं गोजीमा हाले गीत चर्चामा रहेका थिए।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, मंसिर १७
नवपथ संवाददाता
काठमाडौं, मंसिर १६ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर ४
नवपथ संवाददाता
काठमाडौं, कात्तिक २७
नवपथ संवाददाता
काठमाडौं, असोज २५