कला
‘लाहुरे म त सोल्टिनी’ दसैं गीत सार्वजनिक

नवपथ संवाददाता
काठमाडौं, असोज २३

‘लाहुरे म त सोल्टिनी’ बोलको दसैं गीत सार्वजनिक भएको छ।
सोमबार नरेश एमसीको युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो।
सागर आले र अस्मिता अधिकारीको स्वरमा रहेको उनक्त गीतमा नेपाली सुरक्षाकर्मीको दसैंलाई प्रस्तुत गरिएको छ।
नरेश एमसीको शब्द रहेको गीतमा ऋषि खड्काले संगीत भरेका छन् भने केशव बाबुले संगीत संयोजन गरेका छन्।
स्मृति तिमल्सिना (गुरुआमा) ले निर्देशन गरेको गीतको भिडिओमा नरेश एमसी, अञ्जली अधिकारी, वर्षा ठकुरी र विष्णुराम भण्डारी फिचर्ड छन्।
अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडिओलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०