कला
कौसिद फिल्मको गीत ‘सपनाको घर’ सार्वजनिक


यही शुक्रबार (असोज २६) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कौसिद’मा समावेश गीत 'सपनाको घर' सार्वजनिक भएको छ। दुःखबाट बाहिर निस्केर सुखी जीन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ।
सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ। शब्द तथा संगीत पनि आशिषले नै तयार पारेका छन्। गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उनीहरूको फिल्मी परिवारलाई देखाइएको छ।
कुमार भाष्करको निर्देशनमा बनेको यो फिल्ममा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन्।
केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन्। यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ।
बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ। यो फिल्मले वित्तिय ऋणको चपेटामा परेको एक शिक्षकको परिवारको कथा बोल्छ।