कला
मदिराले 'लठ्ठ' गायक सुगम पोखरेलले अष्ट्रेलियामा दर्शकलाई माइक्रोफोनले झटारो हानेपछि (भिडिओ)


चर्चित गायक सुगम पोखरेलले अस्ट्रेलियाको एडलेडमा भइरहेको आफ्नो कन्सर्टमा दर्शकलाई दुर्व्यवहार गरेका छन्।
उनले दर्शकलाई दुई पटक माइक्रोफोनको झटारो हानेका छन्।
आइतबार बिहानैदेखि टिकटक, फेसबुक र युट्युबमा उनले गरेको दुर्व्यवहारको भिडिओ भाइरल भइरहेको छ।
भिडियोमा पोखरेलले मदिरा सेवन गरेको अवस्थामा देखिएका छन्।
स्टेज पुगेपछि सुगमले नेपालमा भूकम्पमा परी ज्यान गएकाहरूको लागि मौन धारणको लागि दुई पटकसम्म अनुरोध गरेको भिडिओमा देखिन्छ।
मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले एक जना दर्शकतर्फ चोर औंला देखाएर झट्टी हान्छु भन्छन्। त्यसपछि उनी स्टेजबाट दर्शकदीर्घामा हामफाल्छन्।
सुरक्षागार्डले रोक्दारोक्दै त्यहाँबाट उनले ती दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन्।
ती दर्शक भएकोतिर जान खोज्दा सुरक्षा गार्डले रोकेर सुगमलाई स्टेज लैजान्छन्। तर, स्टेज पुगेपछि सुगमले फेरि माइक्रोफोनले झटारो हानेका छन्।