कला
पूर्वेली लोकभाकामा ‘भुइँ सोरी’ सार्वजनिक

नवपथ संवाददाता
काठमाडौं, कात्तिक २७
 Annu Chaudhary _ Newsun Rai_ ft. Bimala Limbu _ Jaan Rana (Sanjib)_ 2080_2023.00_07_13_21.Still0131699853220.jpg)
गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पूर्वेली लोकभाकामा आधारित ‘भुइँ सोरी’ गीतको भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन्। शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ।
प्रेमील मायालु जोडीबीचको प्रेमका सम्वादहरूलाई गीतमा समेटिएको छ। याक्खा जातिहरूको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबाट देखाइएको छ।
सुजन श्रेष्ठको छायांकन, सम्पादन तथा कृष्ण लिंखा याक्खाको निर्देशन भिडियोमा रहेको छ।
‘भुइँ सोरी’ गीतको भिडियोमा विमला लिम्बू र जान रानाको अभिनय रहेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०