कला
कलाकार प्रकाश ढकाल कृष्णभीरमा मृत फेला


कलाकार प्रकाश ढकाल मृत अवस्थामा भेटिएका छन्। धादिङको बेनिघाट-रोराङ गाउँपालिका-७ कृष्णभीरमा ढकालको शव आइबार साँझ फेला परेको हो।
उनको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोंचमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मृतक ढकाल स्याङ्जाको चापाकोट नगरपालिका-७ का हुन्। उनी काठमाडौं बस्थे।
उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौं आएका थिए।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खोचबाट शव सोमबार बाहिर निकालिएको छ। घटनाबारे अनुसन्धान भइरहेको मिश्रले बताए।
उनी तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए। भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेको बुझिएको छ।
उनी शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
ढकाल लोकदोहोरी प्रतिष्ठान युएई शाखाको पूर्वसहसचिव हुन्।
उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् ।
ढकालको दुई वर्षअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो। उनीहरूका दुई सन्तान छन्। सन्तान आमासँग बस्दै आएका छन्।
पारिवारिक कारण ढकाल मानसिक तनावमा रहेको बुझिएको छ।