कला

फिल्म एनमलले पहिलो दिन नै कमायो ११६ करोड

नवीर कपुरको फिल्म एनिमलले अग्रिम बुकिङमा गदर-२, टाइगर-३ र वारको रेकर्ड तोडेको छ।

समाचार एजेन्सी पिटिआइका अनुसार फिल्मले रिलिजको पहिलो दिन विश्वभर बक्स अफिसमा ११६ करोड रुपैयाँ कमाएको छ।

प्रोडक्सन हाउस टि-सिरिजले सामाजिक सञ्जाल ट्वीटरमा फिल्म एनिमलले रेकर्ड तोडेको जानकारी दिएको छ।

फिल्म समालोचक तथा ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै फिल्म एनिमल पहिलो दिनकै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा तेस्रो नम्बरमा रहेको बताए।

उनका अनुसार शाहरुख खानको जवान ६५ करोड ५० लाख रुपैयाँ कमाएर पहिलो स्थानमा, पठान ५५ करोड रुपैयाँका साथ दोस्रो स्थानमा, ५४ करोड ७५ लाख रुपैयाँका साथ एनिमल तेस्रो स्थानमा, ५३ करोड ९५ लाख रुपैयाँ कमाएर केजिएफ-२ हिन्दी रहेको छ। वार ५१.६० करोड रुपैयाँसहित पाँचौं स्थानमा छ।

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको यो फिल्ममा रणवीर कपुरका अलावा अनिल कपुर, बबी देओल, रश्मिका मन्डन्ना र तृप्ती डिमरीको पनि महत्वपूर्ण भूमिका छ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, फागुन ८
नवपथ संवाददाता
मुम्बई, फागुन ६
नवपथ संवाददाता
काठमाडौं, फागुन ५