कला

यस्तो छ मिथुन चक्रवर्तीको स्वास्थ्य, बाहिर आयो भिडियो

अभिनेता मिथुन चक्रवर्ती स्वास्थ्य बिग्रिएपछि हाल अस्पताल भर्ना भएका छन्। 

अभिनेतालाई कोलकाताको एपोलो अस्पतालमा भर्ना गरिएको छ। मिथुनले छाती दुखेको गुनासो गरेपछि उनलाई आकस्मिक अस्पतालमा भर्ना गरिएको थियो।

यसैबीच अस्पतालबाट एउटा भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियोलाई समाचार एजेन्सी एएनआइले इन्स्टाग्राममा पोस्ट गरेको हो। यस भिडियोमा मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको देखिन्छ। यस समयमा डाक्टरहरू उनको वरिपरि उभिन्छन्। 

यसै क्रममा कोलकाता बीजेपी प्रमुख सुकान्त मजुमदार उनलाई भेट्न आएका छन्। भिडियोमा डाक्टरले मिथुनलाई आफ्नो स्वास्थ्यको अपडेट दिएको सुनिएको छ। यस क्रममा मिथुन आफैं डाक्टरसँग कुरा गरिरहेको देखिन्छ।

यस भिडियोमा मिथुन चक्रवर्तीको अवस्था पनि पहिलेको भन्दा निकै राम्रो देखिन्छ। यद्यपि, अभिनेता अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने टुंगो छैन। तर यो भिडियो हेरेपछि उनका फ्यानहरूले निकै राहत पाएका छन्।

एपोलो अस्पतालले विज्ञप्ति जारी गरी मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट दिएको थियो। उक्त विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय पुरस्कार विजेता अभिनेता श्री मिथुन चक्रवर्ती  (७३) लाई दाहिने माथिल्लो र तल्लो हातमा कमजोरी भएको गुनासोसहित बिहान ९:४० बजे अपोलो मल्टिस्पेशलिटी अस्पताल, कोलकाताको आपतकालीन विभागमा ल्याइएको थियो। उनको मस्तिष्कको एमआरआई, आवश्यक प्रयोगशाला र रेडियोलोजी परीक्षण गरिएको छ।’

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, फागुन ८
नवपथ संवाददाता
मुम्बई, फागुन ६
नवपथ संवाददाता
काठमाडौं, फागुन ५