खेलकुद

ब्राइटनसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

सिटी घरेलु टोली ब्राइटन होभ अल्वियोनसँग १-१ गोलको बराबरीमा रोकिएको हो। सिटीका लागि फिल फोडेनले गोल गर्दा ब्राइटनका जुलियो इनसिसोले बराबरी गोल फर्काए।

दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा बुधबार राति भएको खेलको २५औं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले १-० को अग्रता लिन सफल भयो। उनले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गरेका थिए।

तर, त्यो अग्रतालाई सिटीले जोगाउन सकेन। ३८औं मिनेटमा जुलियोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। उनले लेभी कोलविलको पासमा गोल गर्न सफल भएका थिए।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा रोकिन पुग्यो। यस बराबरीसँगै च्याम्पियन सिटीको ३७ खेलबाट ८९ अंक पुगेको छ। ब्राइटन ६२ अंक जोडेर छैटौं स्थानमा छ।

यस बराबरीसँगै ब्राइटन शीर्ष ६ मा रहँदै अर्को सिजनको युरोपा लिग खेल्ने पक्का भएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १४ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १४ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ ११ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ ११ (एजेन्सी)