खेलकुद

चेल्सीमाथि युनाइटेडको सानदार जित, च्याम्पियन्स लिगमा भयो छनोट

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि सानदार जित निकालेको छ।

युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४-१ गोलले पराजित गरेको हो। युनाइटेडले अर्को सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान पक्का पनि गरेको छ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडको जितमा क्यासमिरो, एन्थोनी मार्सियाल, ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरेका थिए।

चेल्सीका जोआओ फेलिक्सले एक गोल फर्काएका थिए।

खेलको छैटौं मिनेटमा क्यासमिरोको गोलबाट युनाइटेडले खेलमा अग्रता लिएको थियो। उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयको थप गरिएको पाँचौं मिनेटमा मार्सियालले जेडान सान्चोको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

७३औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सहज जिततर्फ अग्रसर गराए। वेस्ले फोफानाले पेनाल्टी बक्समा ब्रुनोलाई नै फउल गरेपछि प्राप्त पेनाल्टीमा ब्रुनो चुकेनन्।

७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे। ८९औं मिनेटमा जोआओ फेलिक्सले हाकि जियाचको पासमा गोल गर्दै खेललाई ४-१ को स्थितिमा ल्याएपनि त्यो नतिजा बदल्न पर्याप्त रहेन।

फ्रान्क लाम्पार्डको नेतृत्वमा १० खेल खेल्दा चेल्सीको यो आठौं हार हो। प्रिमियर लिगमा समग्रमा यो चेल्सीको १६औं हार हो।

यस नतिजाले युनाइटेडले पुरानो प्रतिद्वन्द्वी लिभरपुललाई अर्को सिजन युरोपा लिग फुटबलमा पठाएको छ।

२९औं मिनेटमा नै ब्राजिलियन विंगर एन्टोनी चोटका कारण मैदान छाड्नु परेको थियो। अब दुई साताभन्दा कम समयमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग एफए कपको फाइनल खेल्ने तयारीमा रहेको छ। युनाइटेडलाई एन्टोनीको चोटको असर पर्ने छश्र

यस जितसँगै तेस्रो स्थानमा उक्लिएको युनाइटेडको ३७ खेलबाट ७२ अंक पुगेको छ। अब अन्तिम खेलमा युनाइटेड पराजित भए पनि पाँचौं स्थानको लिभरपुलले भेट्ने छैन। पराजित चेल्सी ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, जेठ १५ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १४ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ १४ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, जेठ ११ (एजेन्सी)