खेलकुद
एसिया कप क्रिकेट : वर्षाका कारण नेपाल र भारतबीचको खेल रोकियो

नवपथ संवाददाता
काठमाडौं, भदौ १८

नेपाल र भारतबीचको एसिया कप क्रिकेट खेल वर्षाका कारण रोकिएको छ।
नेपालले दिएको २३१ रन विजयी लक्ष्य पछ्याउने क्रममा वर्षाको कारण खेल रोकिएको हो।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाएको छ। वर्षा सुरू भएपछि खेल रोकिएको छ।
शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन्। रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन्।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो। नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएका थिए।
अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए। सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०