खेलकुद

नेपाल र भारतबीचको खेल अब २३ ओभरको मात्रै हुने

श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल जम्मा २३ ओभरको हुने भएको छ।

वर्षाका कारण खेल रोकिएपछि अब २३ ओभरको मात्रै खेल हुने भएको हो।

भारतले डकवर्थ लेविस पद्धतीको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ।

यसअघि नेपालले दिएको २३१ रन विजयी लक्ष्य पछ्याउने क्रममा वर्षाको कारण खेल रोकिएको थियो।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाएको छ। वर्षा रोकिएसँगै खेल सुरू हुन लागेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०

प्रतिक्रिया दिनुहोस्