खेलकुद

भारतसँग नेपाल १० विकेटले पराजित

एसिया क्रिकेट कपमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ।

१४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा बिनाविकेट पूरा गरेको हो।

यो नतिजासँगै भारत र पाकिस्तान सुपर फोरमा पुगेका छन्। नेपाल भने एसिया कप क्रिकेटको समूह चरणबाटै घर फर्केको छ।

जितमा भारतका ब्याट्सम्यान रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रनको योगदान गरे।

भारतको जितमा रोहित शर्माले ५९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। शुभमनले ६२ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो।

दुई घण्टा भन्दाबढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो।

सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २३० रनमा अल आउट भएको थियो।

नेपालका ओपनर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए पनि जितको लागि पर्याप्त भएन।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०

प्रतिक्रिया दिनुहोस्