खेलकुद
यूएईसँग अंक बाढ्दै नेपाल सेमिफाइनलमा प्रवेश

नवपथ संवाददाता
काठमाडौं, भदौ २०

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण रद्द भएको छ।
क्वालालम्पुरस्थित सेलाङ्ग टर्फ क्लबमा आजकको खेल वर्षाका कारण प्रभावित हुँदा टससमेत नभई रद्ध भएको हो। खेल स्थगित भएसँगै नेपाल र यूएईले १-१ अंक बाढेका छन्।
लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको थियो। तर वर्षाका कारण खेल स्थगित भएपछि नेपाल समूह उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।
यसअघि नेपाल समूह चरणको खेलमा अपराजित रहेको थियो। नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, कतारलाई ९ विकेट, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले पराजित गरेको थियो।
अब नेपालले हङ्कङ्ग र थाईल्याण्डविचको विजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ।
यूएईले भने समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०