खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता (भिडिओ)

एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएका छन्।

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो। नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र क्रिकेट समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य रुपमा स्वागत गरेको छ।

नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो। ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो।

नेपालले पाकिस्तानको मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो। उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो।

श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो । भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो।

समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०

प्रतिक्रिया दिनुहोस्