खेलकुद

सन्दीपविरुद्धको मुद्दाको पेशी आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार फैसला पेसी तोकिएको छ।

यसअघि पटकपटक पेसी चढेर पनि हेर्न नभ्याउनेमा राखिएपछि जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको हो।

यसअघि भदौ १० गते मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएका थिए।

सन्दीप एसिया कप खेलेर हिजो मात्रै स्वदेश फर्किएका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०

प्रतिक्रिया दिनुहोस्