खेलकुद

सन्दीपविरुद्धको मुद्दाः गौशाला-२६ को जन्मदर्तामा अदालतलाई अझै आशंका

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ परिवर्तित नामको जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएको छ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिएको उक्त मुद्दामा जन्ममितिको प्रश्न निरुपणका लागि उक्त आदेश भएको हो।

बिहीबार पीडित पक्षका अधिवक्ताहरुले बहस गरेका थिए। पीडित पक्षका अधिवक्ताहरूको बहसपछि थप कागजात झिकाउन आदेश भएको छ। 

न्यायाधीश कार्कीले गौशाला-२६ को जन्मदर्ता पुन: प्रमाणीकरणको आदेश दिएकी छन्। सन्दीपविरूद्ध गौशाला-२६ ले बलात्कार आरोपमा मुद्दा दायर गरेकी थिइन्।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०

प्रतिक्रिया दिनुहोस्