खेलकुद

बोलिभियाको पोस्टमा ब्राजिलको गोल वर्षा

दक्षिण अमेरिका विश्वकप छनोट अन्तर्गतको खेलमा ब्राजिलले बोलिभियालाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलका लागि रोड्रिगोले २४ र ५३ मिनेटमा गोल गरे। यस्तै, राफिन्हाले ४५ मिनेटमा गोल गरे।

यसैगरी, ब्राजिलका नेयमार जुनियरले खेलको ६१ र ९० मिनेटमा गोल गरेका थिए।

नेयमार खेलको १७ मिनेटमा पाएको पेनाल्टीमा चुकेका थिए।

बोलिभियाका भिक्टर ओलिभोले ७८ मिनेटमा एक गोल फर्काएका थिए।

जितसँगै ब्राजिल ३ अंकसाथ शीर्ष स्थानमा छ। उरुग्वे दोस्रो र अर्जेन्टिना तेस्रो स्थानमा छ।  

आजै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ गोलले पराजित गरेको छ। 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०

प्रतिक्रिया दिनुहोस्