खेलकुद

एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन्।

दुई देशविचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ। सेप्टेम्बर-२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो।

पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो। भारतले सुपर फोरको पहिलो खेल खेल्न लागेको हो।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा 'रिजर्भ डे' राखिएको छ। आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ। सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्लादेश छन्।

हिजो भएको बङ्लादेश र श्रीलङ्का बीचको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्लादेश फाइनल पुग्ने सम्भावना सकिएको छ।

उसले अब भारतसँग खेल्न बाँकी छ। भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०

प्रतिक्रिया दिनुहोस्