खेलकुद

११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ २७ देखि

११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०२३ भदौ २७ देखि काठमाडौंमा हुने भएको छ। 

नेपाल तेक्वान्दो सङ्घले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै नेपालस्थित दक्षिण कोरियाली दूतावास र सङ्घको संयुक्त आयोजना हुने प्रतियोगिता भाद्र ३१ गतेसम्म सञ्चालन हुने जनाएको हो।

प्रतियोगितामा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार सात सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने तेक्वान्दो सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिएका छन्।

उनका अनुसार पुम्सेतर्फ २५ र ग्यरोगी (फाइट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाली खेलाडीमात्र भाग लिने यस प्रतियोगितामा पहिलो पटक भारत र बङ्गलादेशका खेलाडीले सहभागिता जनाउने चन्दले बताए। 

त्यस्तै भारतबाट ३५ र बङ्गलादेशबाट ३३ खेलाडीले भाग लिने सङ्घले जनाएको छ। उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ३५ लाख खर्च लाग्ने आयोजकको भनाइ छ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा आयोजना हुने विश्व कोरियन एम्बासडर प्रतियोगितामा सहभागी गराइने आयोजक सङ्घले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०

प्रतिक्रिया दिनुहोस्