खेलकुद

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गर्दै बहुमत सदस्यले दिए निवेदन

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरेका छन्।

एन्फाका ४८ सदस्यले नेम्वाङ र महासचिव राईविरूद्ध सोमबार हस्ताक्षरसहितको निवेदन दिँदै उनीहरूलाई बर्खास्त गर्न माग गरेका हुन्।

निवेदन वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई इमेलमार्फत् पठाइएको छ। उनीहरूले विशेष साधारणसभा बोलाउन माग गरेका छन्। साधारणसभाबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्न माग गरिएको छ। एन्फाको साधारणसभामा ८६ सदस्य छन्।

४० प्रतिशत सदस्यले माग गरेपछि विशेष साधारढसभा बोलाउनुपर्ने एन्फाको विधानमा उल्लेख छ। एन्फाका अध्यक्ष र महासचिव नेपाली फुटबललाई धरासयी बनाएको र पदमा रहे फुटबलको भविष्यमा क्षति पुग्ने निवेदनमा दाबी गरिएको छ।

सदस्यहरूले अध्यक्ष र महासचिवले विशेष साधारणसभा भर्चुअलमार्फत् गर्न आह्वान गरेको, बजेट पास नगरी अनधिकृत रूपमा आर्थिक करोबार गरेको, बोर्ड बैठकबाट अवैधानिक निर्णय गरेको लगायत आरोप लगाएका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०

प्रतिक्रिया दिनुहोस्