खेलकुद

एसिया कपको फाइनल खेल आज, उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

एसिया कप २०२३ को फाइनल खेल आज हुँदैछ।

आजको अन्तिम खेलमा उपाधिका लागि भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ।

कोलम्बोको आर प्रेमादासा स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे सुरु हुनेछ। 

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो। नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन्।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो। बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०

प्रतिक्रिया दिनुहोस्