खेलकुद
भारतलाई आठौं पटक एसिया कपको उपाधि


एसिया कप २०२३ को फाइनल खेलमा भारतले श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ।
तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कपको उपाधि जितेको हो।
कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अल आउट भएको हो।
जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे। ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे।
श्रीलंकालगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।
श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो। ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए।