खेलकुद

साफ यू-१९ च्याम्पियनसिप बिहीबारबाट दशरथ रंगशालामा सुरु हुँदै

साफ यू-१९ च्याम्पियनसिप बिहीबारबाट काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन्। नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ। प्रतियोगिता अघि बुधबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा सबै टोलीका प्रशिक्षक तथा कप्तानहरुले च्याम्पियनसिपको तयारी राम्रो भएको भन्दै उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरेका छन्।

प्रि-म्याच कन्फ्रेन्समा यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले साफको तयारी निकै राम्रो भएको बताए। खेलाडीहरुले निकै मेहनत गरेको भन्दै नजिता पनि राम्रो आउने उनको भनाइ छ।

त्यस्तै यू १९ नेपाली फुटबल टिमका कप्तान जियारथ सेखले सवै तयारी राम्रो भएको बताएका छन्।

त्यस्तै अन्य सहभागी देशका प्रशिक्षक तथा खेलाडीहरुले पनि ट्रफि घर लैजाने गरि तयारी गरिएको बताएका थिए। बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४ (एजेन्सी)