खेलकुद
साफ यू–१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

नवपथ संवाददाता
काठमाडौं, असोज ४

राजधानीमा बिहीबारबाट सुरु साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो।
भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन्।प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।
नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन्। समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्।
प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)