खेलकुद
क्यानको अध्यक्षमा चन्दसहित तिन पदाधिकारी निर्विरोध निर्वाचित

नवपथ संवाददाता
काठमाडौं, असोज ६

नेपाल क्रिकेट संघ क्यान अध्यक्षमा चतुर बहादुर चन्दसहित ३ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
शनिबारको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन्।
योसँगै चन्द तेस्रो पटक क्यानको अध्यक्ष बनेका छन्। नयाँ विधान लागू भएपछि लगातार दुई कार्यकाल भएका थिए भने २०१४ मा उनी अध्यक्ष हुँदा क्यान निलम्बनमा परेपछि काम गर्न पाएका थिएनन्।
त्यस्तै उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए।
क्यानको शीर्ष चार मध्य तीन पदाधिकारी निर्विरोध चयन भएका छन्। सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ। सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ।
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)