खेलकुद

भारतले दियो अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

भारतले आइसिसी विश्वकप २०२३ को फाइनल उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २४० रनमा अल आउट भयो।

घरेलु टोली भारतका लोकेश राहुलले १०७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए। विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए। अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछि खेलमा संघर्ष गरेको थियो।

अष्ट्रेलियाका तफव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए। कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए।

त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन्। भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए।

चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए।

प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए। कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो।

रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए। सूर्यकुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए।

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए। कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए। जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४ (एजेन्सी)