खेलकुद

विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई छैटौंपटक उपाधि

अष्ट्रेलियाले आइसिसी विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ।

ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले भारतलाई हराएको हो।

जितको लागि २ ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १२० बलमा १५ चौका र ४ छक्कासहित १३७ रनको सानदार शतकीय इनिङ खेलेका थिए। मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे।

एक समय ४७-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए। टोलीलाई दुई रन चाहिँदा हेस आउट भएका थिए। ग्लेन म्याक्सवेलले विजयी २ तन जोडे।

ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए।

मिचेल मार्श जस्पित बुमराहको पाँचौ ओभरको तेस्रो बलमा १६ रनमा क्याच आउट भए। एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए। उनले १५ बलमा १ चौका र १ छक्का हाने।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ ४० रनमा अल आउट भएको थियो।

भारतका लागी विकेटकिपर लोकेश राहुलले १०७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए।  विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए। अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले लिगमा सबै खेल जितेको थियो। अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो।

यसअघि सन्  १९८७, १९९९, २००३, २००७ र २०१५ मा अष्ट्रेलियाले उपाधि जितेको थियो। भारतले २०११ पछि उपाधि जित्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४ (एजेन्सी)