खेलकुद

यमनसँग विश्वकप छनोट चरणको दोस्रो खेल खेल्दै नेपाल

फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

फिफा बरियतामा यमन १ सय ५६ औं स्थानमा छ भने नेपाल १ सय ७३ औं स्थानमा रहेको छ।

नेपाली राष्ट्रिय फुटबल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नैपर्ने दबाब छ।

सोमबार काठमाडौंमा आयोजित प्रि-म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए।

यमनसँग उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्यमा आफूहरू रहेको उनले बताए।

त्यस्तै, कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरी मैदान उत्रने बताए।

घरेलु मैदानमा खेल खेल्न पाउँदा निकै उत्साहित रहेको र केही दबाब हुनु स्वाभाविक रहेको उनले बताए। 

छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली युएईसँग ४-० ले पराजित भएको थियो।

यमनसँगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ ४ सय र भिआइपी पाराफिटतर्फ १ हजार टिकट दर कायम गरेको छ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, मंसिर १८ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १७ (एजेन्सी)
नवपथ संवाददाता
काठमाडौं, मंसिर १४ (एजेन्सी)