खेलकुद

वेस्टह्यामको पोस्टमा आर्सनलको ६ गोल

इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले वेस्टह्यामविरूद्ध ६-० को फराकिलो जित हासिल गरेको छ।

आर्सनलको जितमा बुकायो साकाले दुई तथा विलियम सालिबा, गाब्रिएल माघालेस, लियान्ड्रो ट्रोसार्ड र डेकलान राइसले एक एक गोल गरे।

३२औं मिनेटमा राइसको कर्नर किकका हेडरमार्फत गोल गर्दै सालिबाले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। ४१औं मिनेटमा साकाले अग्रता दोब्बर बनाए।

वेस्ट ह्यामका गोलकिपर अल्फोन्सो आरिओलाले साकामाथि नै फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै उनले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

४४औं मिनेटमा राइसकै क्रसमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा मार्टिन ओडेगार्डको पासमा ट्रोसार्डले गोल गर्दै पहिलो हाफमा नै अग्रता चार गोलको बनाए।

दोस्रो हाफमा पनि आर्सनलले दुई गोल थप्न सफल भयो। ६३औं मिनेटमा ओडेगार्डको पासमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता पाँच गोलको बनाए।

त्यसको दुई मिनेटपछि राइसले आफ्नो पूर्व टोलीविरुद्ध गोल गर्दै खेलको छैठौं गोल गरे।

जितपछि आर्सनल २४ खेलमा ५२ अंक सहित तेस्रो स्थानमा यथावत छ। ५२ अंकसहित एक खेल कम खेलेको म्यानचेस्टर सिटी दोस्रो छ। पहिलो स्थानमा रहेको लिभरपुलको २४ खेलमा ५४ अंक छ।

वेस्टह्याम भने २४ खेलमा ३६ अंक सहित आठौं स्थानमा छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन ९
नवपथ संवाददाता
काठमाडौं, फागुन ९