खेलकुद

भिल्लाको घरेलु मैदानमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा युनाइटेड २-१ ले विजयी भएको हो।

खेलको १७औं मिनेटमा र्‍यासमस होइलन्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। कर्नर किकमा ह्यारी मग्वायरको हेडरपश्चात् उनले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए।

६७औं मिनेटमा भिल्लाका डगलस लुइजले गोल गर्दै खेल बराबरीमा ल्याए। तर ८६औं मिनेटमा युनाइटेडले पुनः गोल गर्‍यो।

डियोगो डालोटको क्रसमा स्कट मक्टोमिनेले शक्तिशाली हेडमार्फत् गोल गर्दै युनाइटेडलाई जित दिलाउन सफल भए।

जितपछि युनाइटेड २४ खेलमा ४१ अंकसहित तालिकाको छैटौं स्थानमा छ। भिल्ला भने समान २४ खेलमा ४६ अंकसहित पाँचौं स्थानमा छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन ९
नवपथ संवाददाता
काठमाडौं, फागुन ९