खेलकुद

अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ।

आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो।

यो सँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ।

यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो। पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, फागुन १०
नवपथ संवाददाता
काठमाडौं, फागुन ९
नवपथ संवाददाता
काठमाडौं, फागुन ९