तस्बिर
प्रहरी हेडक्वार्टरमा नयाँ आइजिपीको स्वागत, पुराना आइजिपीको बिदाई (फोटो फिचर)

तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार बिदाई गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाई गरिएको हो। उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शुभकामनासहित बिदाई गरेका हुन्।
बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाई कार्यक्रमको आयोजना गरी आफूलाई सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरप्रति हा आभार प्रकट गरे।
उनले सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे।