तस्बिर

नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठन बनाउनुपर्छ : गृहमन्त्री श्रेष्ठ (फोटो फिचर)

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताएका छन्। उनले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए।

नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ छ। उनले नयाँ नीति योजना आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए।

'हाम्रो पद भनेको जिम्मेवारी हो। हामी हाकिम बन्ने होइन,' श्रेष्ठले भन्नुभयो, 'गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ। उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ। जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ।'

सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा श्रेष्ठले भने, ‘हामीले शासकीय अहंकार देखाउने। त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधा केन्द्रित बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन।'

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९

प्रतिक्रिया दिनुहोस्