तस्बिर

सुनसान भयो सेल्फी रोड (तस्बिर)

मोरङ पथरी-शनिश्चरे नगरपालिका-२ मा अवस्थित सेल्फी रोड पर्यटकीय गन्तव्य बनिरहेको छ।

वैशाखको बेला सालका रुखबाट पात झरेर अहिले हरियाली छाउन सुरू भएको छ। चौतारी सामुदायिक वनभित्र पर्ने सेल्फी रोडमा तस्बिर-खिच्ने, टिकटक बनाउनेहरूको भीड लाग्ने गरेकोमा हिजोआज सुनसान छ।

प्रचार-प्रसारको कमी, उपयुक्त व्यवस्थापन नहुँदा यो क्षेत्र ओझेलमा पर्दै गएको यहाँका स्थानीय तीर्थराज ओस्ती बताउँछन्।

'अहिले रुखबाट पात झरेको छ, त्यसैले पनि मानिसहरू ज्यादै कम आइरहेका छन्, नयाँ पालुवा हालेर हरियाली छाएपछि मानिसहरू बाक्लिन्छन्,' उनले भने। 

चार-पाँच वर्षपहिले सामुदायिक वनले बाटोको आसपासका रुखमा रंग लगाएपछि यो सडक आकर्षक बनेको थियो। त्यही आकर्षणमा मानिसहरू आएर सेल्फी खिच्न थाले। त्यसैले यो सडकको नाम नै सेल्फी रोड हुन पुग्यो।

IMG-32891682919823.jpgत्यसपछि मानिसहरूको भीड लाग्न थाल्यो। मानिसहरू बढ्दै जाँदा यहाँ चिया, नास्ता, चटपटेलगायत खाद्यवस्तु र पेय पदार्थको बिक्री हुन थाल्यो।

पर्यटन, वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशका मन्त्री जीवन आचार्यका अनुसार यो रोडलाई मानिसहरूको गन्तव्यस्थल बनाउन प्रयास भइरहेको छ।

‘हामी कोसी प्रदेशका हरेक पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा लागेका छौं,’ आचार्यले भने।

IMG-32961682919823.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, भदौ २६
नवपथ संवाददाता
काठमाडौं, भदौ २१
नवपथ संवाददाता
काठमाडौं, भदौ २०
नवपथ संवाददाता
काठमाडौं, भदौ १६
नवपथ संवाददाता
काठमाडौं, साउन ११