तस्बिर

पर्यटकीय गन्तव्य बेतना सिमसार (तस्बिर)

बेलबारी नगरपालिकामा पर्ने बेतना सिमसार स्थानीय तथा बाह्य पर्यटकहरूका लागि गन्तव्य बनेको छ।

चारकोसे जंगलका मुखैमा र पूर्वपश्चिम राजमार्गसँग जोडिएको सिमसार क्षेत्र मनमोहक बन्दै गएको छ।

हरियाली जंगलनजिक रहेको तालमा डुंगा सयर गर्न, तालमा पालिका माछा हेर्न र चिडियाखानाकै शैलीमा संरक्षित वन्यजन्तुहरूको अवलोकन गर्न मानिसहरूको भिड लाग्ने गरेको छ।

यहाँ तस्बिर खिच्ने, टिकटक बनाउनेहरूको जमात पनि छुट्टै छ। पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशले यस्ता पर्यटकीय गन्तव्यहरूको श्रीवृद्धिका लागि काम गरिरहेको जनाएको छ।

मुख्यमन्त्री हिक्मत कार्कीले पर्यटनले सरकारको राजश्व वृद्धिमा टेवा पुग्ने बताए। त्यसैले, पर्यटकीय गन्तव्यहरूलाई संरक्षण र विकास गर्दै यहाँका सम्भावनाहरूको उजागर गर्नुपर्ने बताए।

betana31683650238.jpg

betana21683650239.jpg

betana41683650234.jpg

betana51683650234.jpg

betana61683650229.jpg

betana71683650229.jpg

betana81683650225.jpg

betana91683650225.jpg

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
सुनसरी, मंसिर १८
नवपथ संवाददाता
काठमाडौं, मंसिर १६
नवपथ संवाददाता
उदयपुर, मंसिर ९
नवपथ संवाददाता
काठमाडौं, मंसिर ३
नवपथ संवाददाता
काठमाडौं, कात्तिक १९
नवपथ संवाददाता
काठमाडौं, कात्तिक १८