तस्बिर
सैनिक टोली सगरमाथाको चुचुरोमा

नवपथ संवाददाता
काठमाडौं, जेठ १
1684137849.jpg)
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित दस जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी विष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु सोमबार १०:०५ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्।
उनीहरूसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पा लगायत पाँच जना शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन्।
यसअघि मिति २०८० वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०