तस्बिर

एभरेष्टका विद्यार्थी बाजागाजासहित रोपाइँमा (तस्बिरहरू)

राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीले पञ्चेबाजासहित धान रोपाइँ गरेका छन्।

झोराहाट नाट्य समूहको संयोजनमा विद्यालयका कक्षा १ र कक्षा १० का विद्यार्थीहरूले रोपाइँ गरेका हुन्। विद्यालयका प्राचार्य, सह–प्राचार्यसहित खेतमा पुगेका विद्यार्थीहरूले हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गरेका हुन्।

करिब तीन सय विद्यार्थीले धान दिवसको अवसरमा रोपाइँ गरी दही चिउरा खाएर फर्किएका छन्।

नेपाल कृषि प्रधान देश भए पनि सहरमा बस्ने पछिल्लो पुस्ताले कृषि पेशाका विषयमा जानुन् भन्ने उद्देश्यले रोपाइँ कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताए।

उनले कृषकहरूको सम्मानका निम्ति हरेक नागरिकले कृषि पेशालाई बुझ्न आवश्यक रहेको तर्क गर्दै व्यावहारिक ज्ञान दिलाउन रोपाइ गरिएको बताए।

झोराहाट नाट्य समूहका सञ्चालक तथा नाट्यकार भरत गुरागाईं (बरबरिक)ले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्ट स्कुलले व्यावहारिक शिक्षामा दिएको जोडको प्रशंसा गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले रोपाइँका विषयमा जानकारी पाएको मात्र नभई निकै रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए। 

everest (1)1688127520.jpg

everest (2)1688127520.jpg

everest (4)1688127522.jpg

everest (3)1688127522.jpg

everest (5)1688127531.jpg

everest (8)1688127533.jpg

everest (9)1688127534.jpg

everest (11)1688127538.jpg

everest (14)1688127540.jpg

everest (19)1688127546.jpg

everest (20)1688127546.jpg

everest (15)1688127543.jpg

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०

प्रतिक्रिया दिनुहोस्