तस्बिर
नागरिकता लिन लाइन (तस्बिर)

भोजराज घिमिरे
विराटनगर, असार १९

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड लागेको छ।
नागरिकता विधेयक प्रमाणीकरणसँगै जन्मका आधारमा नागरिकता दिने बाटो खुला भएपछि नागरिकता प्रमाण-पत्र लिनेको भीड लागेको हो।
मोरङमा हालसम्म १३ सय बढीलाई नागरिकता प्रमाण-पत्र दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।
हरेक दिन मानिसहरू जिल्ला प्रशासन कार्यालयमा लाइन लागेर बस्ने गरेका छन्। वर्षायामको कठिन झेल्दै उनीहरू नागरिकता लिन लामो समय कुर्ने गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०