तस्बिर

नेपाल पुलिसले गर्‍यो बरामद भएका साढे आठ हजार थान हतियार नष्ट (तस्बिरहरू)

विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार प्रहरीले नष्ट गरेको छ।

विभिन्न मिति र स्थानबाट कानून बमोजिम बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट २५ थान र नाम नखुलेको ८४ थान गरी जम्मा ८ हजार ८ सय ९६ थान हातहतियार बुधबार कानून बमोजिम प्रहरीले नष्ट गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर समेतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०

प्रतिक्रिया दिनुहोस्