तस्बिर

बाढी प्रभावितको उद्धारमा नेपाली सेना (तस्बिरहरू)

देशका विभिन्न स्थानमा परिचालित नेपाली सेनाले निम्न बमोजिम खोज, उद्धार तथा आगलागी नियन्त्रण कार्य गरेको छ।

काठमाडौं महानगरपालिका, वडा नं २४ याखास्थित स्थानीयवासीको खाद्यान्न गोदाममा सर्ट सर्किट भई भएको आगलागी अन्य सुरक्षा निकायहरु तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ। 

यस्तै  सेनाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ स्थित गोरखनाथ मन्दिर नजिक रहेको घर र गोठ पहिरोबाट क्षति भएको हुँदा घर भित्र रहेको सम्पूर्ण भाडाँवर्तन, लत्ता कपडा तथा खाद्य सामग्रीहरुलाई सुरक्षित स्थानान्तरण गरेको छ।        

 

     

               

         

     

 


 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०

प्रतिक्रिया दिनुहोस्