तस्बिर

प्रधानमन्त्री र गृहमन्त्री प्रहरी हेडक्वाटरमा (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप-क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन्।

इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।

सो अवसरमा प्रधानमन्त्री दाहालले समारोहलाई दीप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी विशेष संस्मरणात्मक आवरणमा टाँचा लगाउनुका साथै ‘इन्टरपोल कफी टेबल बुक’ विमोचन समेत गरे।

प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउँदै यस्ता आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गरे।

014A01281694091630.JPG

उनले नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानुन कार्यान्वयनको सुनिश्चित गर्दै कार्यान्वयन गर्ने निकाय र समुदायबीच विश्वास निर्माण गर्न आवश्यक रहेको बताए।

उनले कानुनी व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयासहरू उक्त पुस्तकले प्रदर्शन गरेको बताउँदै ‘विशेष संस्मरणात्मक आवरण’ जारी गर्नाले नेपाल र इन्टरपोलबीचको बलियो सम्बन्धको प्रतीक, विश्वव्यापी अपराधविरुद्धको लडाइँमा आवश्यक एकता र सहकार्यको प्रतिनिधित्व गरेको उल्लेख गरे।

समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय अपराध र आतंकवादविरुद्धको विश्वव्यापी लडाइँमा इन्टरपोल अमूल्य साझेदार भएको बताए। उनले अन्तर्राष्ट्रिय प्रहरी सहयोग अभिवृद्धि गर्न, महत्वपूर्ण सूचनाको आदान प्रदानलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

कार्यक्रममा नेसनल सेन्ट्रल ब्युरो काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै अन्तर्राष्ट्रिय अपराधविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता आवश्यक रहेको बताए।

उनले मानव बेचबिखन, साइबर अपराध, आतंकवाद, लागूपदार्थ ओसार पसार जस्ता क्रियाकलापलाई नियन्त्रण गर्न यस्तो प्रतिबद्धता महत्त्वपूर्ण रहने चर्चा गर्दै सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने उल्लेख गरे।

014A00811694091639.JPG

014A01171694091643.JPG

_H0A22681694091629.JPG

DSC_03091694091628.JPG

014A01611694091620.JPG

014A01671694091619.JPG

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
काठमाडौं, भदौ २६
नवपथ संवाददाता
काठमाडौं, भदौ २१
नवपथ संवाददाता
काठमाडौं, भदौ २०
नवपथ संवाददाता
काठमाडौं, भदौ १६
नवपथ संवाददाता
काठमाडौं, साउन ११