तस्बिर

भूकम्पपछि उद्धार-उपचारमा सेनाको हेलिकप्टर र स्काई ट्रक

जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि नेपाली सेनाले उद्धार तथा उपचारका लागि टोली खटाएको छ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जिल्लामा एमआई-१७ हेलिकप्टर र स्काई ट्रक खटाइएको सेनाले जनाएको छ।

उद्धारका लागि चौरजहारीमा तीन डाक्टसहित १६ जनाको टोली एमआई-१७ हेलिकप्टरमा खटिएको छ।

यस्तै, स्काई ट्रकसहित १६ जनाको टोली चौरजहारी गएको छ।

यसैगरी, बेल हेलिकप्टरबाट तीन जनाको टोली सुर्खेतमा गएको छ।

अर्को एनआई-१७ हेलिकप्टरमा २६ जनाको टोली चौरजहारी गएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।

उद्धार र उपचारका लागि काठमाडौं, सुर्खेत र नेपालगञ्जमा डाक्टर तथा स्वास्थ्य सामग्रीसहितको टोल तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।

परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ।  

2 (4)1699074226.jpg

3 (1)1699074219.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०

प्रतिक्रिया दिनुहोस्