तस्बिर
भूकम्पपछिको उद्धारमा नेपाली सेना (तस्बिरहरू)

1699179358.jpg)
नेपाली सेनाले कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पलगत्तै आफ्नो टोली परिचालन गरेको थियो।
टोलीले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको ७ स्थानहरूमा उद्धार कार्य जारी राखेको जंगी अड्डाले जनाएको छ।
सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवा २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्याइएको छ।
यसैगरी, आइतबार बिहान जाजरकोटबाट थप एक जना घाइतेको हवाई उद्धार गरिएको छ।
स्वास्थ्यकर्मी एवम् विशेषज्ञ समेतको विभिन्न युनिटहरूको टोली १० स्थानमा तयारी अवस्थामा छन्।
जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट इलाकामा खटिएको मेडिकल टोलीबाट १२५ जना घाइतेहरूको उपचार भएको सेनाले जनाएको छ।
परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ-संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी बासस्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेका छन्।
हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिव दस हजार किलो औषधीजन्य र अन्य अतिआवश्यक राहत सामग्रीहरू भूकम्प प्रभावित इलाकामा ढुवानी गरिएको छ।