तस्बिर

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइयो (तस्बिरहरू)

काठमाडौं र नारायणी नदीमा छठको रौनक। तस्बिरहरू : नवपथ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ।

तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो।

छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी-गौरीघाट क्षेत्र, कमलपोखरी लगायत बागमती नदी किनारमा भक्तजनको भीड लागेको थियो। छठका ब्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।

केही ब्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन्।

Chhath1700395216.jpg

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।

यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रशन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।

Chhath21700395209.jpg

यस पर्वमा जो ब्रत बस्न सक्दैन उसले अर्को ब्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्।

Narayani11700395444.jpg

Narayani21700395443.jpg

Narayani1700395447.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

नवपथ संवाददाता
सुनसरी, मंसिर १८
नवपथ संवाददाता
काठमाडौं, मंसिर १६
नवपथ संवाददाता
उदयपुर, मंसिर ९
नवपथ संवाददाता
काठमाडौं, मंसिर ३
नवपथ संवाददाता
काठमाडौं, कात्तिक १९
नवपथ संवाददाता
काठमाडौं, कात्तिक १८