तस्बिर

चितवनमा पानी चराको गणना (तस्बिरहरू)

पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ।

बसाइँसराइँ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्वक्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी नारायणी नदी र विभिन्न ताल तलैयाहरूमा गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए।

उक्त चरा गणनामा चराविज्ञहरूको विभिन्न टोली बनाएर गरिएको थियो। जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पूर्वी क्षेत्रमा पानी आश्रित ५३ प्रजातिका चरा भेटीएको उनले बताए।

पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाटदेखि पटना तालसम्म गरिएको थियो। चरा गणनाकै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुलदेखि पश्चिम क्षेत्रमा ६१ प्रजातिको पानी चरा भेटिएको छ।

चरा गणना दिव्यनगर राप्ती नदी गोलाघाट माडीको बगईदेखि रिउ नदीको दोभानसम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिषकुमार लिम्मुले बताए।

Pani Chara1705750551.jpg

जसमध्ये पानी हाँस चखेवाको सख्या सबैभन्दा धेरै रहेको पाइएको छ भने जलकौवा खोया हाँस लक्ष्मण सारस र भुँडिफोर गरुड लगायतका करिब १४ हजार पानीमा आश्रित चरा भेटिएको लिम्बुले बताए।

गणनाको क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरा पूर्वी क्षेत्रमा भेटिएको छ। तिलहरी चरा, मसिनो ठुडे, टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएको थिएन।

पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाललगायत दक्षिणपूर्व एसियाको ३५ देशमा प्रत्येक वर्षको जनवरी महिनामा एकै साथ गरिँदै आएको छ।

Pani CHara21705750547.jpg

Pani Chara11705750551.jpg

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०

प्रतिक्रिया दिनुहोस्